पानीसँग सम्बन्ध बिग्रँदा सहरी डुबान
nagariknews.nagariknetwork.com · Wed Jul 15 01:50:12 GMT 2026

वर्षा सुरु हुनासाथ काठमाडौंमा एउटा परिचित दृश्य दोहोरिन्छ। केही घण्टाको वर्षापछि तीनकुने, कोटेश्वर, माइतीघर, टेकु, अनामनगर, बालाजु, सामाखुसी, कलंकीलगायत अन्य कैयौं सडक जलमग्न हुन्छन्। गाडीहरू पानीमै रोकिन्छन्, पसलभित्र पानी पस्छ, घरका भुइँतला डुब्छन् र हजारौं मानिस घण्टौं सडकमै अलपत्र पर्छन्। त्यसपछि प्रश्न उठ्छ– के यसपटक धेरै वर्षा भयो ? तर यो धेरै हदसम्म सही होइन, सही प्रश्न भनेको काठमाडौं किन सामान्य वर्षा पनि थेग्न नसक्ने सहर बन्दै गएको छ भन्ने हो।
त्यसो त वर्षालाई दोष दिन सजिलो छ तर सहरी डुबानसम्बन्धी विश्वव्यापी अध्ययनहरूले फरक कुरा भन्छन्। वर्षाले डुबानको सुरुआत गर्न सक्छ तर त्यसलाई विपत्तिमा बदल्ने काम सहरको बनोट, भूमि उपयोग, जलनिकास प्रणाली र सहरी शासन प्रक्रियाले गर्छ। अर्थात् वर्षा प्राकृतिक घटना हो तर सहरी डुबान धेरै हदसम्म मानवनिर्मित संकट हो।
Read full story at source (nagariknews.nagariknetwork.com)