गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
ratopati.com · Wed Sep 02 16:26:53 GMT 2026

बारा । गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको आज निधन भएको छ । पर्साको वीरगन्ज महानगरपालिका–४ गहवामाई मन्दिर अगाडीको चौतारोमा उनी आज अचेत अवस्थामा भेटिएका थिए । तनहुँको भानु नगरपालिका–१ भन्सारपुल घर भएका ५५ वर्षीय उपाध्यायलाई अचेत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउने बित्तिकै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उपाध्यायलाई उद्धार गरी उपचारका लागी नारायणी अस्पताल वीरगन्ज पुर्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
Read full story at source (ratopati.com)