संसारकै सर्वोत्कृष्ट व्यवस्था खोज्ने नेपालीको मृगतृष्णा
onlinekhabar.com · Wed Jul 15 02:23:08 GMT 2026

नेपालले विगत आठ दशकभित्र सातवटा संविधान जारी गर्यो। सशस्त्र विद्रोहसहित विभिन्न आन्दोलन र राजनीतिक उथलपुथल थेग्यो र यही कालखण्डमै थरीथरीका राजनीतिक व्यवस्थाको अभ्यास पनि गरिसक्यो।
गएको ८० वर्षको अवधिमा नेपाली राणाशासनको अन्त्यदेखि छोटो बहुदलीय प्रजातन्त्र, अनि निर्दलीय पञ्चायत, त्यसपछि संवैधानिक राजतन्त्रसहित बहुदलीय प्रजातन्त्र, फेरि राजाको प्रत्यक्ष शासन भोग्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छन्। २००४ देखि २०८३ सम्मका घटनाक्रम केलाउँदा नेपाल कसरी एक राजनीतिक प्रयोगशाला बनेको रहेछ भन्ने तस्बिर देखिन्छ। र, संविधान र व्यवस्था परिवर्तनको यो क्रम रोकिने छाँटकाँट देखिएको छैन।