सान फ्रान्सिस्कोमा डुङ्गा दुर्घटना: एक जनाको मृत्यु, दुई बेपत्ता
nepalviews.com · Wed Jul 15 03:09:00 GMT 2026

एजेन्सी । अमेरिकाको सान फ्रान्सिस्कोस्थित अल्काट्राज टापु नजिकै १९ जना सवार रहेको एक ठूलो डुङ्गा (पन्टुन बोट) पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
मङ्गलबार दिउँसो भएको उक्त दुर्घटनामा १६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ भने १३ जना सकुशल अवस्थामा छन्। सुरुमा दुर्घटना स्थलमा आगो लागेको भनिए पनि अग्नि नियन्त्रण विभागका प्रमुख डिन क्रिस्पेनले त्यस्तो कुनै प्रमाण नभेटिएको र आगो नलागेको स्पष्ट पारेका छन्।
Read full story at source (nepalviews.com)