नेर र ताजा बस्तीका नागरीकमा खुशी
news24nepal.tv · Wed Jul 15 03:25:17 GMT 2026

मुगु । मुगुको सोरुगाँउपालिका ५ नेरघाटमा मोटरेबल बेली ब्रिज निर्माण सम्पन्न भएपछि यस क्षेत्रका स्थानीयवासीलाई सहज भएको छ । यस पुलले हुम्लाको करिडोरसँग सडक सञ्जाल जोड्दै वर्षौंदेखिको आवतजावतको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । वर्षायाममा खोलामा पानीको बहाव बढ्दा हुने जोखिम र सास्ती पूर्ण रूपमा अन्त्य भएको भन्दै स्थानीय खुसी भएका छन् ।
मुगुको सोरुगाँउपालिका ५ नेरघाटमा बेलिब्रेज पुल निमार्ण भएपछि स्थानीय निकै खुसी भएका छन । पुर्वाधार बिकास कार्यालय मुगुले २०८१साल असार ४ गते ४ करोड ९४ लाखमा ६० मिटर लम्बाई रहेको पुल ठेक्का आह्वान गरेको थियो ।
Read full story at source (news24nepal.tv)