अन्तर्राष्ट्रिय उडान पर्खाइमा गौतमबुद्ध विमानस्थल: उडान नहुँदा खर्च धान्नै मुस्किल
nagariknews.nagariknetwork.com · Wed Jul 15 03:24:56 GMT 2026

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल योजनाअनुरूप सञ्चालनमा आएको भए अहिले अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनहरू भरिभराउ हुन्थे। यात्रु आवागमनले विमानस्थल मात्रै होइन, भैरहवा सहर नै गुल्जार हुन्थ्यो तर अवस्था ठिक उल्टो छ।
२०७१ माघमा शिलान्यास भई २०७९ जेठ २ गते उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आक्कलझुक्कल भइरहेका अन्तर्राष्ट्रिय उडान पनि गत चैतदेखि ठप्प छन्। उडान नहुँदा अन्तर्राष्ट्रिय टर्मिलन भवनका आगमन र बहिर्गमन कक्ष सुनसान छन्। चार न्यारोबडी र एक वाइडबडी गरी पाँच जहाज पार्किङ गर्न मिल्ने विमानस्थल एप्रोन रित्तै छ।
Read full story at source (nagariknews.nagariknetwork.com)