उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई जोखिम भत्ता उपलब्ध गराईने
kalakarmi.com · Wed Jul 15 04:04:57 GMT 2026

काठमाडौं- उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई जोखिम भत्ता उपलब्ध गराईने नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा उच्च जोखिममा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।
उद्धारमा खटिने कर्मचारीलाई मासिक रुपमा तलवको १५ प्रतिशत भत्ता दिने र खटिएको दिनमा ५ सयको दरले उच्च जोखिम भत्ता दिने निर्णय भएको हो । उच्च जोखिममा खटिने गोताखोर तथा हिमाली क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई उच्च जोखिम भत्ता दिने नेपाल सरकारको निर्णय सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
Read full story at source (kalakarmi.com)