‘मन विनाको धन–२’मा विपीनको प्रवेश, पूजासँग सहकार्य
himalpress.com · Thu Jul 02 03:18:45 GMT 2026

काठमाडौँ- फिल्म ‘मन विनाको धन–२’मा अभिनेता विपीन कार्की प्रवेश गरेका छन्। टंक बुढाथोकीको कथा तथा निर्देशन रहने फिल्ममा विपीन अनुबन्ध भएका हुन्। यो फिल्ममा नायिकातर्फ यसअघि नै पूजा शर्मा भित्रिसकेकी छन् । यी दुई कलाकारले पहिलोपटक सहकार्य गर्न लागेका हुन्।
टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ। विपिन र पूजासँगै महेश त्रिपाठी, सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन्।
Read full story at source (himalpress.com)