स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एक घाइते
baahrakhari.com · Wed Jun 10 17:38:38 GMT 2026

वालिङ (स्याङ्जा) । स्याङ्जाको चापाकोट–४, पुम्दीमा बुधबार साँझ टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका–५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
साँझ ६ बजे टिपर दुर्घटना हुँदा घाइते भएका परियारलाई उपचारका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही टिपरमा रहेका म्याग्दीकै मालिका–५ का १८ वर्षीय करन परियार घाइते भएका छन् । उनको हात र खुट्टामा सामान्य चोट लागेको छ । उनको गह्रौँ प्राथमिक अस्पतालमै उपचार भइरहेको छ ।
Read full story at source (baahrakhari.com)