११ महिनामा विकास बैंकको नाफा ७ अर्ब, ४ वटा घाटामा
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १३ वटा विकास बैंकले नाफा आर्जन गर्दा ४ वटाले घाटा ब्यहोरेका छन् । यस अवधिमा ३ वटा विकास बैंकले १ अर्ब बढी नाफा आर्जन गर्दा ५० करोड बढी नाफा कमाउनेको संख्या ८ रहेको छ ।
१ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् । गरिमाले १ अर्ब ३५ करोड, मुक्तिनाथले १ अर्ब २६ करोड र साइन रेसुङ्गाले १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
Read full story at source (aarthiknews.com)