गगटेमा धान रोपाइँको चटारो [तस्बिरहरू]
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
नुवाकोट । नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त वर्षापछि खेतमा पानी जमेसँगै किसानहरूले परम्परागत शैलीमा धान रोपिरहेका छन् ।
हिलोमा रोपाइँ गरिरहेका किसानहरूको चहलपहलले यतिबेला ग्रामीण बस्तीमा कृषि गतिविधि उल्लेखनीय रूपमा बढेको देखिन्छ । स्थानीयका अनुसार शुरूआती चरणमा वर्षा कम भएकाले रोपाइँ केही ढिलो शुरू भए पनि पछिल्ला दिनमा नियमित वर्षा भएपछि रोपाइँले गति लिएको हो । अहिले अधिकांश खेतमा परिवारका सदस्य, छिमेकी तथा ज्यालादारी कामदारको सहयोगमा धमाधम रोपाइँ भइरहेको छ।
Read full story at source (hamrakura.com)