अमेरिकाबाट फर्किए आईजीपी कार्की
himalpress.com · Wed Jul 15 07:10:00 GMT 2026

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्की अमेरिकाबाट स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म सञ्चालन भएको पाँचौँ युनाइटेड नेशन्स चिफ अफ पुलिस समिटमा नेपालको तर्फबाट सहभागी भएर बुधबार स्वदेश फर्किएका हुन्।
प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी सबै अतिरिक्त महानिरीक्षकहरूसहितका प्रहरी अधिकारीले स्वागत गरेका छन्। आईजीपीको स्वागतमा प्रहरीका नौ जना एआईजी विमानस्थल पुगेका थिए।
Read full story at source (himalpress.com)