भोटेकोशी बाढीले एनसेलको पूर्वाधारमा ठुलो क्षति, प्रभावित क्षेत्रमा निःशुल्क सेवा र पुनर्स्थापना तीव्र
ratopati.com · Wed Sep 02 17:00:00 GMT 2026

काठमाडौँ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। बाढीले रसुवाको टिमुरेमा रहेको एउटा मोबाइल टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन पूर्ण रूपमा नष्ट गरेको छ । कम्पनीको प्रारम्भिक आकलन अनुसार यो प्राकृतिक विपत्तिका कारण एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक हानी भएको छ ।
विपद्को यस कठिन समयमा प्रभावित क्षेत्रका नागरिकहरूलाई सञ्चार सेवाबाट विमुख हुन नदिन एनसेलले विशेष राहत प्याकेज घोषणा गरेको छ । कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई लक्षित गरी गत बुधबारदेखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ । बाढी आनुअघिको सात दिनमा ती क्षेत्रमा सक्रिय रहेका ग्राहकहरू यो निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरिएको छ । सुरुमा तीन दिनका लागि उपलब्ध गराइएको यो सेवालाई कम्पनीले पछि थप सात दिनका लागि विस्तार गरेको थियो । सोमबारसम्ममा ग्राहकले प्रयोग गरेको निःशुल्क सेवाको मूल्य १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगिसकेको छ ।
Read full story at source (ratopati.com)