कांग्रेसको टिप्पणी- सरकार विषयान्तर गर्न माहिर छ, प्रश्न उठ्दा नयाँ फन्डा गरिहाल्छ
nepalpress.com · Wed Jul 15 07:56:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारको शैलीले जनतामा निराशा बढेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रश्न उठ्दा सरकार स्टन्ट गरेर विषयान्तर गर्ने प्रयासमा केन्द्रित भएको टिप्पणी गरिन् ।
उनले भने, ‘मन्त्रीहरूको सम्पत्ति माथि प्रश्न उठ्दा सुकुम्वासी बस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्णहरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्ट्याटसमा रमाइलो चल्यो। कीर्तिपुर स्थित सुकुम्वासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे, हाहाकार मच्चियो। यता आत्मदाहका तीन घटना त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्ष दलका सभापति गगन थापाको निवास अगाडि गाडी राखिएको फन्डा आएको छ।’
Read full story at source (nepalpress.com)