सभापति थापाले इतरपक्षका नेता खड्कालाई भेटेका हुन् ?
baahrakhari.com · Wed Jul 15 08:36:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले इतरपक्षका शीर्ष नेतासँग भेट गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो मंगलबार बसेको पदाधिकारी बैठकमा सभापति थापाले इतरपक्षका शीर्ष नेतासँग भेटेर कुरा गरेको ब्रिफिङ गरेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए ।
“पदाधिकारीको बैठकमा सभापतिज्यूले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटेर कुरा ब्रिफिङ गर्नुभयो । डा. शेखर कोइरालासँग भेट्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो,” बाह्रखरीसित उनले भने ।
Read full story at source (baahrakhari.com)