रसुवा बाढीमा एनआरएनए युवा उपाध्यक्ष थापाको सक्रियता: विश्वभरका नेपालीलाई सहयोगको अपिल
ratopati.com · Wed Sep 02 17:09:58 GMT 2026

काठमाडौँ । रसुवा र भोटेकोशी क्षेत्रमा हालै आएको अकल्पनीय बाढीले पुर्याएको ठुलो जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्ष भिमसेन थापाले विशेष सक्रियता देखाएका छन् । विपद्को खबर लगत्तै प्रभावित क्षेत्रमा पुगेर थापाले उद्धार कार्यमा प्रत्यक्ष सहयोग गर्नुका साथै समस्यामा परेका परिवारहरूलाई व्यक्तिगत तर्फबाट राहत सामग्री समेत वितरण गरेका छन् । उनले एनआरएनएको तर्फबाट समेत प्रभावित परिवारका लागि आवश्यक सहयोग परिचालन गर्न समन्वयकारी र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
पोर्चुगलमा सफल व्यवसाय सञ्चालन गर्दै आएका थापा सामाजिक सेवामा सधैँ अग्रणी रहँदै आउएका छन् । नेपालमा आइपर्ने हरेक विपद्को समयमा विदेशमा रहेर पनि आफ्नो सामाजिक दायित्व भुल्न नहुने मान्यता राख्ने उनी यस पटक आफैँ कार्यक्षेत्रमा खटिएर सेवामा जुटेका हुन् । उनले बाढी प्रभावितहरूलाई तत्कालको राहत मात्र पर्याप्त नहुने भन्दै आगामी दिनमा उनीहरूको पुनः स्थापनाका लागि दीर्घकालीन सहयोगको आवश्यकता रहेको औँल्याएका छन् ।
Read full story at source (ratopati.com)