प्रचण्ड श्रीलंका प्रस्थान
baahrakhari.com · Wed Jul 15 09:05:02 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन् । कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल पिपुल्स एसेम्बलीको आयोजनामा हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन प्रचण्ड बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् । कार्यक्रम श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म आयोजना हुनेछ ।
प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा पार्टीका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी छन् ।
Read full story at source (baahrakhari.com)