बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु
onlinekhabar.com · Fri Jul 01 14:34:43 GMT 2022
१७ असार, काठमाडौं । बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती बागलुङमा सुरु भइसकेको छ । एक वर्षअघि मात्रै बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका थिए ।
त्यस लगतै गलकोटमा व्यावसायिक ड्रागन फ्रुट खेतीको सुरु भएको हो । यसैबीच बागलुङ बजार क्षेत्रमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेतीको सुरु गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् ।
Read full story at source (onlinekhabar.com)