‘आइपीओ निष्कासनअघि अत्यधिक नाफामा रहेको कम्पनी केहि महिनामै कसरी घाटामा जान्छ ?’
annapurnapost.com · Wed Jul 15 09:11:56 GMT 2026

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रि–आईपीओ नाममा हुने अवैध क्रियाकपाललाई नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिइने बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अध्यक्ष भट्टले प्रि–आईपीओ लगायतका विषयहरूमा विगतमा के भयो भन्ने भन्दा पनि आगामी दिनमा बोर्डभित्र वा बाहिर हुने जुनसुकै गलत क्रियाकलापमा ‘शून्य सहनशीलता’ अपनाइने बताएका हुन् ।
उनले आईपीओ वा अन्य जुनसुकै काम–कारबाहीहरूलाई पारदर्शी प्रणालीबाट अगाडि बढाइने प्रतिबद्धता जनाए । अध्यक्ष भट्टले लगानीकर्ताको मनोबल उच्च राख्नका लागि लगानीकर्तासंग छलफल गरेको जानकारी दिँदै छलफलपछि उनीहरूको मनोबल उच्च भएको दावी गरे । आगामी वर्षदेखि बोर्डले निरीक्षण, सुपरीवेक्षण, मापदण्ड, रिपोर्टिङ सिस्टम, पूर्वाधार र आईटी सिस्टमलगायतका हरेक पक्षमा ‘क्लोज सुपरभिजन’ गर्ने रणनीति बनाएको उनले बताए । उनले बजारमा गलत अफवाह फैलाउने प्रवृत्तिलाई रोक्न बोर्डले आवश्यक नीति ल्याउने जानकारी दिए ।
Read full story at source (annapurnapost.com)