दोहोरो अंकले बढ्यो सेयर बजार,कारोबार रकम भने घट्यो
annapurnapost.com · Wed Jul 15 09:33:41 GMT 2026

काठमाडौं : बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। यसदिन नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा कायम भएको थियो।
नेप्से वृद्धि भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ। यसदिन ३६२ वटा स्क्रिप्सको ८४ लाख ७३ हजार १६ कित्ता सेयर ४ अर्ब १७ करोड ३ लाख ९८ हजार ४९ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ८ अर्ब ८ अर्ब ४१ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो। सोमबार ७ अर्ब ४६ करोड मूल्य बराबरको कारोबार भएको थियो।
Read full story at source (annapurnapost.com)