नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाल जिल्लाको फैसलाविरुद्ध उच्च अदालत जाने
barnanmedia.com · Wed Jul 15 09:30:10 GMT 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले सुनाएको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने भुटानी शरणार्थी नेता टेकनाथ रिजालका कानुनी सल्लाहकारले बताएका छन् ।
अधिवक्ता राजकुमार सुवालले जिल्ला अदालतको फैसलामा चित्त नबुझेको भन्दै न्यायका लागि माथिल्लो तहको अदालत जाने स्पष्ट पारेका हुन् । रिजाललाई सरकारी लिखत कीर्ते र संगठित अपराधमा मतियारको रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको भए पनि सो फैसलामा धेरै कानुनी र व्यावहारिक त्रुटि रहेको सुवालको दाबी छ ।
Read full story at source (barnanmedia.com)