प्रदेश २ सरकारले धितो मूल्याङ्कनको राजस्व लिने
baahrakhari.com · Mon Aug 30 16:52:00 GMT 2021
जनकपुरधाम । प्रदेश २ सरकारले धितो मूल्याङ्कनको राजस्व लिने भएको छ । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका मन्त्री शैलेन्द्र प्रसाद साहले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्याङ्कनको राजस्व लिने नीतिगत निर्णय गरेका हुन् ।
अर्थ मन्त्रालयका सचिव काशीराज दहालका अनुसार बैङ्क तथा वित्तीय संस्थाबाट ऋण वृद्धि गर्दा थप्नुपर्ने धितो मूल्याङ्कनकोसमेत राजस्व लिने र पहिले राखिएको धितो मूल्याङ्कनको राजस्व फिर्ता गर्ने नीतिगत निर्णय भएको छ । मन्त्रालयले मंगलबार सम्बन्धित सबै कार्यालयमा सोही निर्णय अुनसार परिपत्र गर्नेछ ।
Read full story at source (baahrakhari.com)