रिहा भइन् रूवि, जिल्ला न्यायाधीश र प्रहरीको भूमिकामै खोट
onlinekhabar.com · Thu Oct 14 14:56:34 GMT 2021
२८ असोज, काठमाडौं । एक साता प्रहरीको हिरासतमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवि खान बिहीबार सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भइन् । सर्वोच्चले उनीमाथि लगाएको अभियोग प्रारम्भिक रुपमा पनि पुष्टि हुन नसकेको भन्दै थुनामुक्त गर्न र पुनः धरपकड नगर्न पनि आदेश दिएको छ ।
बाँकेमा भएको दुई हिंसाका घटनामा छानविन र कारवाही हुनुपर्ने माग राखी रुविकै नेतृत्वमा शुरु भएको शान्तिपूर्ण आन्दोलन दबाउन प्रहरीले उनलाई पक्राउ गरेको थियो । २० दिन हिँडेर बाँकेबाट काठमाडौं आएको टोलीको नेतृत्व गरेको रुविलाई बहुविवाहको आरोपमा पक्राउ गरी पुनः नेपालगञ्ज पुर्याएको थियो ।
Read full story at source (onlinekhabar.com)