भन्सार आधुनिकीकरण र व्यापार प्रवर्द्धनका लागि एडिबीद्वारा नेपाललाई ५ करोड डलर ऋण स्वीकृत
nepalnews.com · Thu Jul 02 04:08:35 GMT 2026

काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई सहयोग पुर्याउने उद्देश्यले ५ करोड अमेरिकी डलरबराबरको नीतिमा आधारित ऋण स्वीकृत गरेको छ।
एडिबीले जारी गरेको विज्ञप्तिअनुसार उक्त ऋण ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग भन्सार तथा आपूर्ति व्यवस्था (लजिस्टिक्स) सुधार कार्यक्रम’ अन्तर्गत उपलब्ध गराइएको हो। कार्यक्रमले भन्सार प्रक्रियाको आधुनिकीकरणसँगै आपूर्ति व्यवस्थाको क्षमता अभिवृद्धिमा सहयोग गर्ने लक्ष्य राखेको छ।
Read full story at source (nepalnews.com)