अग्रज पत्रकार केशवराज पराजुलीको निधन
shilapatra.com · Thu Jul 02 04:07:00 GMT 2026

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित निवासमा गएराति निधन भएका पराजुलीको आज सेती नदी किनार तुलसीघाटमा अन्त्येष्टि गरिएको छ ।
उनी २०४० देखि प्रकाशन सुरु भएको जनमत दैनिकको संस्थापक सम्पादक थिए । विभिन्न पत्रपत्रिकामा पराजुलीका खोजमूलक लेखरचना तथा केही कृति प्रकाशित छन् ।
Read full story at source (shilapatra.com)