मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव आए काँग्रेस निर्णायक बन्ने !
ratopati.com
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याइए काँग्रेसको भूमिका निर्णायक बन्ने देखिएको छ। ९३ सदस्य रहेकाे प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७, नेपाली काँग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सदस्य छन् ।
त्यसमा नेकपाका ६७ मध्ये पूर्वएमालेका ५१ र पूर्व माओवादीका १६ प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ। विभाजित अवस्थामा भने नेकपाका ओली र प्रचण्ड-माधव पक्षले आआफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेका छन्। तर अविश्वासको प्रस्ताव पास गराउन तथा मुख्यमन्त्री राई कायम रहन काँग्रेसको भूमिका नै निर्णायक देखिने जानकारहरुले बताएका छन् ।
Read full story at source (ratopati.com)