नारायण गौतमकाे कवितासंग्रह ‘सृष्टिको मेरुदण्ड’ प्रकाशित
kathmandupress.com · Sun Sep 18 07:37:00 GMT 2022
काठमाडाैं, असाेज २ :
‘सक्नेछन् रचना बिलाउन त्यसै बाटो नपाएपछि
केको हुर्कन सक्छ स्वच्छ बिरुवा माटो नपाएपछि’
स्व. कवि नारायण गौतम (पापा बा) का कवितासंग्रह ‘सृष्टिको मेरुदण्ड’ बजारमा आएको छ।
प्रस्तुत कविता संग्रहमा रहेका ७९ कवितामा स्पष्ट भाव, सकारात्मक सन्देश, समाजका विकृतिमाथि प्रहार, राष्ट्र प्रेम, प्रकृतिमाथिको सुन्दर प्रस्तुति, मानवीय संवेदना र वात्सल्य प्रेम झल्किएको छ।
उल्लिखित कवितामध्ये दशवटा मन्दाक्रान्ता, छ वटा वसन्ततिलका, पाँचवटा अनुष्टुप, छ वटा उपजाति र एउटा इन्द्रबज्रा छन्दका रहेका छन्। यसैगरी दुईवटा गीत पनि समावेश गरिएका छन्।
सरकारी सेवा, प्राध्यान र सामाजिक सेवामा जीवन बिताएका श्रीमहालक्ष्मी नगरपालिकाको लामाटार निवासी उनका कविता विभिन्न साहित्यिक पत्रिकामा छापिएका छन्।
कवि गौतमको निधन २०५७ साउन २१ गते भएको थियो। पत्नी भगवती गौतमले प्रकाशित गरेको उक्त कविता संग्रह १०२ पृष्ठको छ।
Read full story at source (kathmandupress.com)