जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु
shilapatra.com · Thu Jul 02 04:19:00 GMT 2026

चट्याङ लागेर जुम्लामा भएक जनाकाे मृत्यु भएकाे छ । बुधबार साँझ चट्याङ लागेर हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको हाे ।
स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावरनजिक चट्याङ लागेर गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
Read full story at source (shilapatra.com)