अन्तर्राष्ट्रिय कलाकार मञ्च पुनर्गठन, यस्तो छ कार्य समिति
pahilopost.com · Wed May 15 05:45:51 UTC 2019
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन भएको छ। एकदशक अघिदेखि संगीत, साहित्य, लोक-संस्कृति लगायत नेपाली कला क्षेत्रमा सक्रिय कलाकारहरु कार्य समितिमा समेटिएका छन्।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकामा स्थापना गरेका लोक दोहोरी गायक एवं लेखक रामप्रसाद खनाल केन्द्रीय अध्यक्ष चुनिएका छन्। उनले फेसबुकमार्फत कार्य समिति पुनर्गठन बारे लेखेका छन्,'हामीले केन्द्रीय समितिमा चाहेर पनि सबैलाई आटाउन सक्ने सम्भावना थिएन, सकेसम्म कलाका विभिन्न क्षेत्र समेट्ने हाम्रो प्रयास हो।'
उनले अब नेपाल शाखाबाट पुनर्गठन शुरु गर्ने समेत जानकारी दिएका छन्। संसारभर रहेका शाखाहरु पुनर्गठन, निस्क्रिय शाखा खारेज गरी नयाँ गठन, शाखा नभएका देश र शहरहरुमा नयाँ शाखा गठन गर्ने नीतिसहित मञ्चको केन्द्रीय समिति अघि बढेको जनाए।
कार्य समितिको उपाध्यक्षमा शिवहरी पौडेल, गणेश उप्रेती, जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द छानिएका छन्। त्यस्तै महासचिवमा फिल्म निर्देशक तथा पत्रकार सुरेशदर्पण पोखरेल र सचिवमा गीतकार एवं प्रकाश नेपाल रहेका छन्।
Read full story at source (pahilopost.com)