ग्यालेक्सी नोट २० काे नेपाली बजार मुद
gadgetframe.com · Mon Aug 17 05:28:00 UTC 2020
काठमाडौं । अन्त्यत सामसङले आफ्नो सबैभन्दा प्रतिक्षित सामसङ ग्यालेक्सी नोट सिरिजको दुईवटा स्मार्टफोन सार्वजनिक गरेको छ । सामसङले आफ्नो ग्यालेक्सी नोट सिरिजको ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्रा सार्वजनिक गरेको हो । सामसङ नेपालले ग्यालेक्सी नोट २० प्रि अर्डर लिन सुरु गरिसकेको छ । यसको नेपाली बजार मुल्य कति छ त ? यो कस्तो छ ?
कस्तो छ त सामसङ ग्यालेक्सी नोट २० ?
सामसङ ग्यालेक्सी नोट २० पछिल्लो वर्ष सार्वजनिक भएको ग्यालेक्सी नोट १० पछिको अर्को ग्यालेक्सी नोट सिरिज हो । यो पछिल्लो नोट सिरिजभन्दा थप राम्रो भएर आएको छ । आउनुहोस् यसको बारेमा थप बुझौं-
डिजाईन र डिस्पले
सामसङ ग्यालेक्सी नोट २० र सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा दुवैको बनावट केही हदसम्म उस्तै रहे पनि त्यसलाई सजिलै पहिचान गर्न भने सकिन्न ।
सामसङ ग्यालेक्सी नोट २० मा ६.७ ईन्चको फुल एचडि सुपर आमोलेड डिस्प्ले प्रयोग गरिएको छ जसको रिजोलुसन २४०० १०८० पिक्सल रिजोलुसन रहेको छ ।
यसको रिफ्रेश रेट ६० हर्जको रहेको छ र यसमा सुरक्षाको लागि गोरिला ग्लास ५ को प्रयोग गरिएको छ । सामसङले यसपटक कर्भड डिस्प्लेलाई हटाएर फ्ल्याट डिस्प्लेलाई नै ग्यालेक्सी नोट २० मा प्रयोग गरेको छ ।
क्यामरा
सामसङ ग्यालेक्सी नोट २० यस अगाडिको यस सिरिजाका स्मार्टफोनहरुभन्दा भिन्न क्यामरा सहित आएको छ । यसको क्यामरा यस वर्षको पहिलो महिना सार्वजनिक भएको सामसङ ग्यालेक्सी एस २० सँग केही मिल्न भने जान्छ । यसको पछाडि भागमा ३ वाट क्यामरा रहेको छ जुन ३ एक्स होईब्रिड जुम र ३० एक्स स्पेस जुम भएको ६४ मेगापिक्सलको टेलिफोटो क्यामरा, १२ मेगापिक्सलको रियल क्यामरा र १२ मेगापिक्सलको अल्ट्रा वाईड एंगल क्यामरा रहेको छ ।
यसमा सामसङ ग्यालेक्सी नोट २० अल्ट्राको जस्तै १० मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ ।
पर्फमन्स
सामसङ ग्यालेक्सी नोट २० मा स्न्यापड्रागन ८६५ चिपसेट प्लसको प्रयोग गरिएको छ तर अमेरिका, कोरिय र चिनका प्रयोगकर्ताहरुले मात्र यो चिपसेटको अनुभव गर्न पाउनेछन् । बाँकी देशहरुका प्रयोगकर्ताले भने कम्पनिको आफ्नै चिपसेट ईक्सोनोस ९९० पाउनेछन् जुन स्न्यापड्रागन ८६५ चिपसेटभन्दा कमजोर रहेको छ ।
यो ८ जिबि र्याम र १२८ जिबि ईन्टरनल स्टोरेज सहित उपल्ब्ध छ र यसको सबैभन्दा नराम्रो पक्ष भनेको यसमा अब मेमोरी कार्ड प्रयोग गरेर स्टोरेज बढाउन मिल्ने छैन किनभने यसमा उक्त कार्ड राख्ने ठाउँ हटाईएको छ ।
एस पेन र प्रोजेक्ट क्लाउड
सामसङको ग्यालेक्सी नोट उपकरणको कुरा गर्दा एस पेनको कुरा नआउने हुँदै हुँदैन । यसपटक यसको एस पेन दाईन तर्फबाट हटाएर देब्रे तर्फ राखिएको छ । एस पेन यसपटक थप राम्रो भएर आएको छ । ग्यालेक्सी नोट २० को प्रयोगकर्ताहरुले एक्सबक्स वान र एक्सबक्स सिरिज एक्स गेम मोबाईलमा ३ महिना निशुल्क खेल्न पाउने छन् ।
ब्याट्रि
सामसङ ग्याले्क्सी नोट २० मा ४३०० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ जसरले २५ वाटको फास्ट चार्जिङलाई सर्पोट गर्दछ । यो १५ वाटको वायरलेस चार्जिङ र ९ वाटको पावर सेयरसँग आउँदछ ।
Samsung Galaxy Note 20 Specifications
Display
6.7-inch FHD+ Super AMOLED
3088 x 1440
Flat display
60Hz refresh rate
Infinity-O Display
HDR10+
Gorilla Glass 5
Chipset
Qualcomm Snapdragon 865 Plus, or
Exynos 990
Memory
8GB LPDDR5 + 128GB UFS 3.1
8GB + 128GB
Battery & Charging
4,300mAh battery
25W fast-charging,
15W wireless charging,
9W PowerShare
Rear Camera
12MP, f/1.8, Dual Pixel AF, OIS, 1/1.76″ sensor
64MP, f/2.0, telephoto, 3x Hybrid Optic Zoom
12MP, f/2.2, ultra-wide-angle, 120° FoV
Selfie Camera
10MP, f/2.2, 1.22µm
OS
Android 10, ONEUI 2.5
Colors
Mystic Gray
Mystic Bronze
Mystic Green
S Pen
3.04g
Bluetooth enabled
Up to 24 hrs of battery standby
4096 pressure levels
0.7mm pen tip diameter
IP68
Others
IP68 dust and water resistance
In-display ultrasonic fingerprint sensor
Wireless DeX support
Price in Nepal
Rs. 1,09,999
Pre-Order Here
नेपाली बजारमा कहिले ?
सामसङ ग्यालेक्सी नोट २० को मुल्य ९९९.९ डलर तोकिएको छ । यो तीन भिन्न रंग मिस्टिक ग्रे, ग्रिन र ब्रोन्जमा उपल्ब्ध हुनेछ । यो हाल प्रि अर्डरको लागि उपल्ब्ध छ र अगस्ट २८ देखि यो बिक्रिको लागि जानेछ । नेपालमा यसको प्रि अर्डर मुल्य १ लाख ९ हजार ९ सय ९९ रुपैंया रहेको छ ।
Read full story at source (gadgetframe.com)