बाढी प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपियाँ निकासा
gorkhapatraonline.com · Wed Sep 02 17:57:58 GMT 2026

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लामा १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपियाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी ती पालिकाका लागि उक्त रकम निकासा गरेको हो।
बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि एक एक करोड र धादिङका लागि ५० लाख रुपियाँ दिने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र भदौ १६ गते ६ करोड ५० लाख गरी १३ करोड ५० लाख रुपियाँ निकासा गरेको हो।
Read full story at source (gorkhapatraonline.com)