नेपालमा स्वास्थ्य बिमाको अवस्था
nayapatrikadaily.com · Thu Aug 06 01:33:00 UTC 2020
२०७७ श्रावण २२ बिहीबार ०७:१८:००
नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सुरुवात भएको ४३ वर्ष नाघेछ । ०३३ सालमा युनाइटेड मिसन टु नेपालले ललितपुर जिल्लाका विभिन्न ठाउँबाट सुरु गरेको यो कार्यक्रमलाई पछि नेपाल सरकारले कृषक समूह, श्रमिक समूह, सहकारी समूह, हुदै गैरसरकारी संस्थामा विभिन्न चरणमा लागू गरेको छ । निकै लामो कालखण्ड गुजारेको यो कार्यक्रम अहिले पनि संक्रमणकै अवस्थामा छ । राजनीतिक परिवर्तनमा एजेन्डाको रूपमा रहेका सामुदायिक औषधि कार्यक्रम, निःशुल्क स्वास्थ्य सेवा, विपन्न नागरिक स्वास्थ्य सेवा, विभिन्न घातक रोगको उपचारमा दिइने अनुदानजस्ता कार्यक्रममा स्वास्थ्य बिमा कहाँ छ भनेर विज्ञ र नीतिनिर्माता त अलमलमा छन् भने जनतामा अन्योल हुनु स्वाभाविक नै हो ।
Read full story at source (nayapatrikadaily.com)