प्रधानमन्त्री ओलीले सरकारको प्रशंसा गरिरहँदा माधव नेपालले बीचमै रोकेपछि..
reportersnepal.com · Wed Jun 24 17:53:57 UTC 2020
काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजबाट सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकको पहिलो दिन आज (बुधबार) शीर्ष नेताहरुबीच नै घोचपेच भएको छ । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको पुष्टि नेताहरुबीचको प्रस्तुतिले दिएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
उनकाअनुसार आजको बैठकको सुरुवातमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले सुरुमा आ-आफ्नो मन्तव्य राखेका थिए । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेको भनेर प्रशंसा गरेका थिए । तर, ओली बोल्दाबोल्दै बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो प्रशंसा आफैं नगरौं भन्दै सरकारले राम्रो काम गरेको छ कि छैन ? भनेर हेर्न ग्राउण्डमा जान सुझाव दिए । उनले सरकारले राम्रो काम गरेको भए जनतामा सरकार र नेकपाप्रति किन आक्रोश हुन्थ्यो ? भन्ने प्रश्न राखेका थिए ।
Read full story at source (reportersnepal.com)