भारतमा तीव्ररुपमा फैलँदै कोरोना भाइरस‚ जोखिममा स्वास्थ्यकर्मी, मुम्बईमा अस्पाताल नै क्वारेनटाइन घोषणा
nepallive.com · Mon Apr 06 13:29:00 UTC 2020
नयाँ दिल्ली - भारतको मुम्बईस्थित वर्कहार्ट अस्पताल परिसरलाई क्वारेन्टाइन जोन घोषणा गरिएको छ। अस्पतालमा काम गरेका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको संक्रमण भेटिएपछि मंगलबार मुम्बई म्युनिसिपल कर्पोरेसन(बिएमसी)ले उक्त अस्पताललाई क्वारेन्टाइन क्षेत्र घोषणा गरेको भारतीय अनलाइन द प्रिन्टले जनाएको छ।
काम गरेको एक हप्तमा ती नर्स र डाक्टरहरुलाई कोरोना भाइरसको संक्रमण देखा परेको थियो। अस्पतालका एक अधिकारीका अनुसार अस्पतालमा रहेका बिरामीहरुलाई दुई पटक चेकजाँच गरी कोरोना भाइरस नेगेटिभ नपाएसम्म नयाँ बिरामी नलिने भएको हो।
Read full story at source (nepallive.com)