नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
ratopati.com · Thu Jul 02 04:54:37 GMT 2026

काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफल र विचार विमर्शपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित भएको हो ।
महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य नगर सभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८३/८४ को बजेटले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, सम्पदा संरक्षण सँगसँगै शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए ।
Read full story at source (ratopati.com)