भ्लादिमिर पुटिनका विरोधी नेता नाभेल्नीलाई साढे तीन वर्षको जेल सजाय
ratopati.com
file photo
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ । पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका उनलाई ३ हप्ताअघि त्यहाँको प्रहरीले गिरफ्तार गरेको थियो । नाभेल्नी जर्मनीमा उपचारका लागि पुगेका थिए । गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए ।
Read full story at source (ratopati.com)