व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी
barnanmedia.com · Sun May 17 23:57:16 GMT 2026

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा साढे दुई करोडभन्दा बढी लगानी भएको छ । व्यास नगरपालिकाले निर्माण गरेको नगरस्तरीय अस्पताल भवनमा हालसम्म दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ लगानी भएको हो ।
सदरमुकाम दमौलीमा गण्डकी प्रदेश सरकारमातहतको प्रदेश अस्पताल दमौली रहेकामा नगरपालिकाले सदरमुकामभन्दा पाँच किलोमिटर पर नगरस्तरीय अस्पताल निर्माण गरेको हो । आर्थिक वर्ष २०७७÷७८ देखि यहाँ नगरस्तरीय अस्पताल निर्माणको काम सुरु भएको थियो ।
Read full story at source (barnanmedia.com)