राष्ट्रिय फुटबल टिमको स्वाब संकलन आजबाट, बाँकीको भोलि
pahilopost.com · Mon Aug 10 07:12:57 UTC 2020
काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टिमको आजबाट कोभिड १९ परीक्षणका लागि स्वाब संकलन सुरु भएको छ। पाटन अस्पतालमा आज पहिलो चरणमा ११ जना खेलाडीसहित २ जना अफिसियल र होस्टलका १२ जना गरी २५ जनाको स्वाब संकलन गरिएको हो। बाँकीको भोलि स्वाव संकलन गरिने राष्ट्रिय टिमका म्यानेजर मधुसुधन उपाध्यायले जनाए।
भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टलका कर्मचारीलाई पीसीआर परीक्षण गराएर मात्र खेलाडी अभ्यासमा उतार्ने तयारी गरेको हो। परीक्षणका लागि दुई दिन लाग्ने एन्फाले जनाएको छ।
Read full story at source (pahilopost.com)