जुम्लामा चट्याङमा परी एक जनाको मृत्यु
nepalsamaya.com · Thu Jul 02 05:16:43 GMT 2026

जुम्ला- जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको भएको छ।
स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। घाइतेक दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। चट्याङमा परी केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको जनाइएको छ।
Read full story at source (nepalsamaya.com)