कांग्रेसभित्र मतभेद अन्त्य गर्न पूर्ण र शेखरको प्रस्ताव- १११ नेतालाई केन्द्रीय सदस्य र एकता समिति
setopati.com · Thu Jul 02 05:19:32 GMT 2026

विशेष महाधिवेशनमा सहभागी नभएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासहित उनीहरू पक्षका नेताहरू पार्टीभित्रको मतभेद अन्त्य गर्दै १५ औं महाधिवेशनमा सहभागी बन्ने दिशातर्फ सकारात्मक हुँदै गइरहेको पाइएको छ।
काठमाडौंको चुनदेवीमा घर भाडामा लिएर सम्पर्क कार्यालय खोल्ने तयारी गरेका संस्थापनइतर पक्षले निष्पक्ष ढंगले महाधिवशेन हुने सुनिश्चितता खोजिरहेका छन्। त्यसका लागि विधानको धारा निलम्बन गरेर भए पनि १११ जना नेतालाई केन्द्रीय समितिमा समेट्नुपर्ने र एकता समिति बनाउनुपर्ने प्रस्ताव उनीहरूको छ।
Read full story at source (setopati.com)