अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल
barnanmedia.com · Thu Jul 02 05:13:01 GMT 2026

आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ ।
यसकै आधारमा छिमेकी तथा मित्रराष्ट्रहरुसँगको वर्षौंदेखिको नेपालको सम्बन्धलाई सन्तुलित तथा आपसी हितका आधारमा अझ उचाइमा पु¥याउने, सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने र विश्वासको वातावरणलाई मजबुत बनाउने दिशामा काम भइरहेको छ । सरकार गठनको सय दिनको अवधिमा भएका वैदेशिक भ्रमण र कूटनीतिक भेटवार्ताहरुले आगामी दिनमा नेपालको विदेश सम्बन्धलाई अझ फराकिलो बनाउनुको साथै मुलुकको आर्थिक समृद्धिमा बाह्य सहयोग र सद्भाव अभिवृद्धिमा बल पुग्ने नै छ । यसबीचमा परराष्ट्रमन्त्री शिशिर खनालले दुई छिमेकी मुलुकहरू भारत र चीनको औपचारिक भ्रमण गर्नुभएको छ भने विभिन्न देशका प्रतिनिधिहरूको नेपाल भ्रमण पनि भएको छ । साथै, नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरूसँग पनि सघन भेटवार्ता हुने क्रम जारी रहको छ । प्रस्तुत छ, यसै सन्दर्भमा परराष्ट्रमन्त्री खनालसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानी :
Read full story at source (barnanmedia.com)