नामी कलेज र इन्फोडेभ्लपर्सबीच सम्झौता
annapurnapost.com · Wed Jul 17 16:17:00 UTC 2019
काठमाडौ : जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रालिबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नामीमा अध्ययनरत विद्यार्थीको अभ्यास मुलककार्यमा सहयोग पुरर्याउनको लागि उक्त सम्झौता गरिएको बताइएको छ। सम्झौता अनुसार इन्फोडेभलपर्स प्रालिको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फोडेभलपर्सका प्रतिनिधिले नामीका विद्यार्थीाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरिक्षण सेवा समेत प्रदान गर्ने छन्।
Read full story at source (annapurnapost.com)