काठमाडौं-नौबिसे यात्रा अब सुरुङमार्गबाट, साउनदेखि सञ्चालनको तयारी
ajakoartha.com · Thu Jul 02 05:46:00 GMT 2026

काठमाडौं– नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालनअघि गरिनुपर्ने प्राविधिक परीक्षण र सुरक्षा प्रणालीको मूल्यांकन तीव्र रूपमा अघि बढाइएको छ।
यसक्रममा सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारमा प्रयोग हुने विशेष सवारीसाधन र उपकरणको परीक्षण सम्पन्न गरिएको छ। परीक्षणका क्रममा नियमित निरीक्षण, सरसफाइ, मर्मतसम्भार, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने उपकरणको कार्यक्षमता मूल्यांकन गरिएको परियोजनाले जनाएको छ।
Read full story at source (ajakoartha.com)