भिभो वाई ३० नेपालमा सार्वजनिक, ठुलो ब्याट्रि र चारवटा क्यामरा सहित उपल्ब्ध
gadgetframe.com · Thu Jul 09 02:15:00 UTC 2020
काठमाडौं । भिभो आफ्नो मध्य स्तरको स्मार्टफोनमा केही समयदेखि काम गरपछि भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई ३० सार्वजनिक गरेको छ । भारतमा यसलाई सार्वजनिक गरेको केही समयपछि भिभाेले नेपालमा पनि भिभाे वाई ३० सार्वजनिक गरेको छ । केही समयअघि मात्र भिभोले नेपालमा भिभो भि १९ सार्वजनिक गरेको थियो । यही क्रमलाई निरन्तर दिँदै भिभोले भिभो वाई ९० नेपालमा सार्वजनिक गरेको हो । यस स्मार्टफोनमा सुरुवाती नेपाली बजार मुल्य २४ हजार ९ सय ९९ रुपैंया रहेको छ ।
डिस्प्ले र डिजाईन
भिभोले नेपालमा हालसम्म सार्वजनिक गरेको मध्यस्तरको स्मार्टफोनको दाँजोमा भिभाे वाई ३० निकै आर्कषक रहेको छ । यसमा ६.४७ ईन्चको आईपिएस एलसिडी प्यानल प्रयोग गरिएको छ । यसको डिस्पलेको रिजोलुसन ७२०x१५६० पिक्सल रहेको छ । यसमा ८ मेगापिक्सलको पन्च होल क्यामरा पनि रहेको छ ।
चिपसेट र पर्फमेन्स
भिभो वाई ३० मा मिडियाटेक चिपसेट प्रयोग गरिएको छ । त्यसमा भिभो हेलियो पि ३५ १२ न्यानोमिटर चिपसेट प्रयोग गरिएकाे छ । यस अक्टा कोर चिपसेटमा दैनिक प्रयोग हुने ईन्टरनेट प्रयोग, फोन कल, तस्विर खिच्न र भिडियो गेम खेल्न खासै समस्या छैन तर यसले उच्च तहको ग्राफिक एप्सहरुलाई भने खासै सर्पोट गर्न भने सक्दैन । यो ४ जिबि र्याम-६४ जिबि ईन्टरनल स्टोरेज र ४ जिबि र्याम-१२८ जिबि ईन्टरनल स्टोरेज सहित उपल्ब्ध छ ।
क्यामरा
भिभो वाई ३० को पछाडि भागममा ४ वटा क्यामरा रहेको छ । यसमा १३ मेगापिक्सलको प्राईमेरी क्यामरा, ८ मेगापिक्सलको अल्ट्रवाईड सेन्सर क्यामरा, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर रहेको छ । यस्तै यसको अगाडि भागमा ८ मेगापिक्सलकोको पन्च हाेलसहितको सेल्फी क्यामरा रहेको छ ।
ब्याट्रि
भिभो वाई ३० को सबैभन्दा राम्रो पक्ष भनेको यसमा प्रयोग भएको ठुलो ब्याट्रि हो । यसमा ५००० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ । यसले १० वाटको फास्ट चार्जिङलाई सर्पोट गर्दछ । एकपटक पुर्ण चार्जभएपछि यसको ब्याट्रि २ देखि ३ दिन मज्जाले टिक्ने कम्पनि दाबी गर्दछ ।
भिभाे वाई ३० काे विशेषताहरु
Display:
6.47-inch IPS LCD screen, HD+ (720×1560 pixels), 19.5:9 aspect ratio, Corning Gorilla Glass protection
Rear Camera:
Quad camera
13MP, f/2.2, Dual Pixel PDAF main sensor
8 MP, f/2.2 (wide-angle)
2 MP, f/2.4, macro lens
2MP, f/2.4, depth sensor
Front Camera: 8
MP, f/2.0 sensor
CPU:
Mediatek Helio P35 Chipset
RAM:
4 GB
Storage:
64/128GB
OS & UI:
Android 10 with Funtouch OS 10
Sensors:
Rear-mounted fingerprint sensor, accelerometer, proximity, compass, etc.
Battery:
5000 mAh 10W; USB Type-C port
Price in Nepal:
Rs. 24,999[4/64GB] | Rs. 27,999[4/128GB]
नेपाली बजार मुल्य
भिभो वाई ३० आधिकारीक रुपमा ७ मे मा सार्वजनिक गरिएको थियो । लकडाउन खकुलो भएलगतै नेपालमा यसको आगमन हुने आशा गरिएको थियो र त्यही नै भयो । यसको ४ जिबि र्याम ६४ जिबि ईन्टरनल स्टोरेजको मुल्य २४ हजार ९ सय ९९ रुपैंया रहेको छ भने ४ जिबि र्याम १२८ जिबि ईन्टरनल स्टोरेजको मुल्य २७ हजार ९ सय ९९ रुपैंया रहेको छ । यस मुल्यको साथ भिभो वाई ३० ले रियलमी फाईभआई, ओप्पो ए ३१, हनर ९एक्स लाईट, मोटो जि पावर, ग्यालेक्सी एम २१ सँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।
Read full story at source (gadgetframe.com)