नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी
baahrakhari.com · Mon May 18 00:41:00 GMT 2026

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।
महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित विजयी भएका छन् ।
Read full story at source (baahrakhari.com)