प्रचण्ड परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ
canadanepal.com · Thu Aug 06 08:52:00 UTC 2020
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारका सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बुधबार प्रचण्डका परिवारिक, सचिवालय सदस्य र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनामा कोरोना पोजेटिभ देखिए पनि प्रचण्डका परिवारका सदस्य र सचिवालयका सदस्यको भने नेगेटिभ देखिएको हो ।
निजी प्रयोगशालामा गरिएको परीक्षणपछि प्रचण्ड परिवारको रिपोर्ट नेगेटिभ आएको हो। यसबारे जानकारी दिँदै प्रचण्डकी छोरी गंगा दाहालले भनिन्, ‘अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड १९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ। ऊक्त ६ जना बाहेक हामी सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदछु।’
Read full story at source (canadanepal.com)