कोभिड-१९ का शंकास्पद बिरामी पहिचान गर्न प्रदेश ५ सरकारको मोबाइल एप सञ्चालनमा
himalkhabar.com · Sun Apr 05 12:34:04 UTC 2020
कोरोना भाइरस (कोभिड-१९) का प्रदेशस्तरीय सूचना संकलन गर्न प्रदेश-५ ले मोबाइल एप बनाएर सञ्चालनमा ल्याएको छ।
'कोभिड १९ ट्य्राकिङ इन्फर्मेशन सिस्टम' नामको एप इन्ड्रोइड फोनको प्लेस्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध रहेको प्रदेश नम्बर ५ मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। एपले कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीको विवरण र लोकेसन संकलन गर्नेछ। जसले गर्दा बिरामी पहिचान गरी नमूना परीक्षण गर्न सहज हुने कार्यालयले जनाएको छ।
Read full story at source (himalkhabar.com)