नुवाकोटमा विद्यालय खुले
ekantipur.com · Sun Nov 22 16:18:44 UTC 2020
नुवाकोट — कोरोना महामारीका कारण ८ महिनादेखि बन्द विद्यालय खुलेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय खोल्न निर्देशन दिएपछि कक्षाकोठामै पठनपाठन थालिएको हो ।
बेलकोटगढी नगरपालिका तथा तादी, दुप्चेश्वर, पञ्चकन्या, सूर्यगढी, शिवपुरी, म्यागङ, किस्पाङ गाउँपालिकाका विद्यालयमा आइतबारदेखि पढाउन थालिएको हो । ‘स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालनमा ल्याएका छौं,’ तादी गाउँपालिका अध्यक्ष नारायण पाण्डेले भने, ‘नर्ससहित मास्क, सेनिटाइजर, थर्मोमिटरको व्यवस्था तथा दूरी कायम गरेर पठनपाठन थालेका छौं ।’ तादीमा २९ विद्यालय छन् ।
Read full story at source (ekantipur.com)