फर्पिङमा पनि थुप्रै लागुऔषध फेला
janaaastha.com · Fri Sep 02 14:55:05 GMT 2022
तराईबाट आएका सवारी साधन चेकजाँच गर्ने क्रममा आज दक्षिणकालीमा एक सय ४७ थान लागुऔषध फेला परेको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना. १ ज ३४७० नम्बरको टाटा सुमोमा यात्रारत दुई जना यात्रुको साथबाट उक्त परिमाणको लागुऔषध फेला परेको बताइन्छ ।
सिट नम्बर ९ र १० मा सवार दुई जनाले पत्रिकालाई पानी टेपले बेरेर ल्याएको फेनारगन ४९ थान, नुर्फिन ४९ थान र डाईजेपाम ४९ थान गरि कुल एक सय ४७ थान लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ ।
Read full story at source (janaaastha.com)