विजेपीका विधायकले कानुन मिच्दै जन्मदिन मनाएको आरोप, प्रहरीले दर्ता गर्यो उजुरी
nepallive.com · Mon Apr 06 15:52:00 UTC 2020
एजेन्सी- भारतको महाराष्ट्रका भारतीय जनता पार्टीका विधायक दादाराव केचेले सरकारको आदेश अवज्ञा गर्दै मानिसहरु भेला पारेर जन्मदिन मनाएका छन्। उनले रिक्साबाट आफ्नो जन्मदिनको अवसरमा गरिवहरुलाई रासन बाड्ने प्रचार गराएर घरमा मान्छे भेला पारेर कोरोना संक्रमण रोक्न सरकारले दिएको सामाजिक दुरी बनाउने निर्देशन उलंघन गरेको बिबिसीहिन्दीले लेखेको छ।
विधायकको घरमा मान्छेहरुको भिड देखेपछि स्थानियहरुले प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए। प्रहरीले तत्काल विधायकको घर सिल गरेर प्रहरीको पहरा लगाएको थियो।
Read full story at source (nepallive.com)